महोत्तरीको १ नम्बर निर्वाचन क्षेत्रमा नेकपा एमालेका लक्ष्मी महतो निर्वाचित भएका छन् ।
आइतवार बिहान सम्पन्न मतगणना परिणामअनुसार उनी आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई १ हजार ३१ मतले उछिन्दै विजयी भएका हुन् ।
महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नवनिर्वाचित महतोले २४ हजार ४०१ र पोखरेलले २३ हजार ३७० मत प्राप्त गरेका छन् ।
महोत्तरी १(१) प्रदेशसभा क्षेत्रमा एमालेकै शारदा थापा ८ हजार २४५ मत प्राप्त गरी विजयी भए । थापाका निकटतम प्रतिस्पर्धी लोसपा नेपालका पिताम्बर महतोले ७ हजार ५८५ मत प्राप्त गरेका निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । यो परिणाम सार्वजनिक भएसँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रको प्रत्यक्षतर्फको गणना सकिएको छ । जिल्लामा ४ प्रतिनिधसभा र ८ प्रदेशसभा क्षेत्र छन् ।