राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समानुपातिक मतगणनामा विशेष ध्यान दिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । राप्रपाका लागि प्रत्यक्षतर्फको मात्र नभइ समानुपातिकतर्फको पनि एक एक मत उत्तिकै महत्त्वपूर्ण रहेको भन्दै लिङ्देनले समानुपातिक मतगणनामा विशेष ध्यान दिन निर्देशन दिएका हुन् ।
लिङ्देनले मतगणनामा अनिवार्य प्रतिनिधि उपस्थित हुन र प्रतिनिधि नखटिएको भए तुरुन्तै आवश्यक प्रबन्ध गर्न प्रदेश समिति, जिल्ला समिति एवं प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक उमेदवारलाई निर्देशन दिएका हुन् । राप्रपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपातिकतर्फ हालसम्म ४ लाख ८४ हजार मत पाएको छ ।