३१ जेठ २०८३, आइतबार

बाबा रामदेवले महिलाहरूको कपडाका विषयमा दिए आपत्तिजनक बयान

मंसिर ११, २०७९
बाबा रामदेवले महिलाहरूको कपडाका विषयमा दिए आपत्तिजनक बयान

भारतका व्यापारी बाबा रामदेवले पुणेस्थित एक योग शिविरमा महिलाका विषयमा आपत्तिजनक बयान दिएका छन् ।

महिलाहरू सारी, सलवार र सुटमा राम्री देखिने अनि आफू जस्तै केही पनि लुगा नलगाउँदा पनि राम्रै देखिने रामदेवले बताए । 

रामदेवले यस्तो अश्लील टिप्पणी गरिरहँदा महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फणनवीकी पत्नी अमृता पनि मञ्चमा सँगै थिइन् । 

रामदेवको यो टिप्पणीले सम्पूर्ण महिलालाई चोट पुगेको दिल्ली महिला आयोगकी अध्यक्षले प्रतिक्रिया दिइन् । 

उता उद्धव ठाकरे गुटका शिवसेना नेता सञ्जय राउतले रामदेवको टिप्पणीमाथि अमृताले किन विरोध नगरेको भनी प्रश्न उठाए । 

रामदेव आफ्ना बयानका कारण बारम्बार विवादमा आउने गरेका छन् । कोरोनाका विरुद्ध उनको पतञ्जलि कम्पनीले बनाएको औषधि सार्वजनिक गर्ने समारोहमा उनले मेडिकल डाक्टरहरूलाई हत्याराको संज्ञा दिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्