०२ साउन २०८३, शनिबार

चीनमा कठोर लकडाउनका विरुद्ध प्रदर्शन जारी (भिडियो)

मंसिर ११, २०७९
चीनमा कठोर लकडाउनका विरुद्ध प्रदर्शन जारी (भिडियो)

चीनमा कोरोना संक्रमण फैलिन नदिनका लागि लगाइएको कठोर लकडाउनको घोर विरोध हुन थालेको छ । 

सिन्ज्याङ क्षेत्रमा रहेको एक अपार्टमेन्ट ब्लकमा आगो लागेपछि भागेका मानिसलाई पनि प्रहरीले फेरि भवनतर्फ नै जान भनेको खबर पनि आएको छ । आगलागीको घटनामा १० जनाको ज्यान गएको छ । 

घटना सार्वजनिक भएपछि धेरै ठाउँमा विरोध प्रदर्शन भइरहेको छ । विरोधकर्ताहरूको प्रदर्शनको भिडियो सामाजिक सञ्जालमा फैलिरहेको छ । 

सिन्ज्याङको राजधानी उरुमछीमा मानिसहरूले अधिकारीहरूका अगाडि रहेका ब्यारियर तोड्दै कोरोना लकडाउन अन्त्य गर्नुपर्छ भन्दै नारा लगाए । चीन सरकारको जिरो कोभिड नीतिका कारण कठोर लकडाउन छ । तर संक्रमण घटेको छैन । 

विरोध प्रदर्शनपछि उरुमछीका अधिकारीहरूले चरणबद्ध रूपमा लकडाउन अन्त्य गर्ने वाचा गरेका छन् । तर आगलागी भएको भवनबाट मानिसहरूलाई बाहिर निस्कन नदिएको खबरलाई उनीहरूले खारेज गरेका छन् । 

बीबीसीको खबरमा उल्लेख गरिएअनुसार, आगो लागेको भवनमा धेरैजनालाई बाहिर निस्कन दिइएको थिएन । तर चीनका आधिकारिक सञ्चारमाध्यमहरूले यस खबरलाई खारेज गरेका छन् । 

शुक्रवार राति भएका विरोध प्रदर्शनका भिडियोहरू चीनको सामाजिक सञ्जालबाट हटाइसकिएको छ । 

कोरोना प्रतिबन्धका कारण फायर ब्रिगेड पनि समयमा पुग्न नसकेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्