२२ जेठ २०८३, शुक्रबार

इलोन मस्कले एप्पल र एन्ड्रोइडको विकल्प सहितको स्मार्टफोन बनाउन सक्ने

मंसिर ११, २०७९
इलोन मस्कले एप्पल र एन्ड्रोइडको विकल्प सहितको स्मार्टफोन बनाउन सक्ने

सामाजिक सञ्जाल ट्विटरका प्रमुख इलोन मस्कले आफ्नै वैकल्पिक स्मार्टफोन पनि बनाउन सकिने संकेत दिएका छन् । 

ठूला प्रविधि कम्पनीहरूले ट्विटरलाई प्लेस्टोरबाट हटाउन खोजेपछि उनले आफ्नै सिस्टमसहितको स्मार्टफोन पनि ल्याउन सकिने संकेत दिएका हुन् । 

कन्जर्भेटिभ विज्ञ लिज ह्वीलरले मस्कलाई आफ्नै स्मार्टफोन उत्पादन गर्न सुझाव दिँदै ट्वीट गरेकी थिइन् । मस्कले त्यसमा सकारात्मक संकेत दिएका छन् तर उनी त्यसमा अत्यन्तै इच्छुक चाहिँ नरहेको देखिन्छ । 

‘त्यस्तो स्थिति नआओस् भन्ने मेरो आशा छ तर कुनै पनि विकल्प नरहेमा म वैकल्पिक फोन बनाउँछु,’ उनले लेखे । 

salt training

कमेन्ट गर्नुहोस्