२९ जेठ २०८३, शुक्रबार

चीनमाथि निगरानी राख्नका लागि अमेरिकाले फिलिपिन्समा फेरि सैन्य अड्डा बनाउने

मंसिर ११, २०७९
चीनमाथि निगरानी राख्नका लागि अमेरिकाले फिलिपिन्समा फेरि सैन्य अड्डा बनाउने

कुनै बेलामा एसियामा अमेरिकाको सबभन्दा ठूलो सैन्य अड्डाका रूपमा चिनिएको फिलिपिन्सको सुबिक बेमा अमेरिकी सैनिकहरू ३० वर्षपछि पुनः फर्किन सक्ने क्योदो न्युजले खबर दिएको छ । 

चीनसँग भिडन्तका लागि विभिन्न गतिविधि गरिरहेको अमेरिकाले फिलिपिन्समा नयाँ सैन्य संरचना बनाउन खोजेको छ । उसले पाँचवटा ठाउँमा अड्डा खोल्नका लागि मनिलासँग कुरा चलाइरहेको छ । 

सन् २०१४ मा मनिला र वाशिङटनबीच भएको इन्ह्यान्स्ड डिफेन्स कोअपरेसन अग्रीमेन्ट अन्तर्गत सैन्य अड्डा बनाइनेछ । 

अमेरिकी सेना सुबिक बे छोडेर गएपछि त्यो ठाउँ चल्तीको बन्दरगाह बनेको थियो । सुबिक बे मेट्रोपोलिटन अथोरिटीले त्यसको निगरानी गर्ने गरेको छ । 

फिलिपिन्सको लुजोन टापुको पश्चिमी किनारमा रहेको यो क्षेत्र दक्षिण चीन सागरमा चीनलाई रोक्नका लागि अमेरिकाले उपयोग गर्न सक्ने फ्रन्टलाइन हो ।

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस अघिल्लो साता फिलिपिन्स पुगेकी थिइन् । उनले ईडीसीएअन्तर्गत अमेरिकी सेनाको उपस्थिति दक्षिण चीन सागरमा बढाउने विषयमा कुरा गरेकी थिइन् । 

दक्षिण चीन सागरमा फिलिपिन्सको कुनै जहाजमाथि चीनले आक्रमण गरेमा अमेरिकाले त्यसको जवाफ फर्काउने ह्यारिसले फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरलाई बताइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्