×

NMB BANK
NIC ASIA

साँझसम्ममा मौद्रिक नीतिको समीक्षा आउने, ब्याजदर नियन्त्रण गर्न निजी क्षेत्रको आग्रह

मंसिर ११, २०७९

NTC
Premier Steels

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको मौद्रिक समीक्षा आइतवार साँझसम्ममा सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले हरेक तीन महिनामा मौद्रिक नीतिको समीक्षा गर्ने गरेको छ ।

Muktinath Bank

राष्ट्र बैंकले गत साउनमा जारी गरेको मौद्रिक नीतिको समीक्षा गर्ने र नयाँ निर्देशन तथा केही व्यवस्था परिवर्तनसमेत यसबाट गर्न सक्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मौद्रिक नीति सार्वजनिक हुनु अगाडि राष्ट्र बैंक सञ्चालक समितिको बैठक ४ बजेलाई बोलाइएको छ । उक्त बैठकले निर्णय गरेपछि आजै साँझसम्ममा मौद्रिक नीतिको समीक्षा आउने नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने ‘मौद्रिक नीतिको यो वर्षको पहिलो त्रैमासको समीक्षा सार्वजनिक गर्नकै लागि बैठक बोलाइएको हो । उक्त बैठकले राष्ट्र बैंक व्यवस्थापनले तयार पारेको मौद्रिक नीतिको समीक्षामा समावेश भएका विषयवस्तुमाथि छलफल र आवश्यक संशोधनसमेत गर्न सक्ने छ । त्यसपछि आजै सार्वजनिक हुने छ ।’ 

Vianet communication

पछिल्लो समय बढेको बैैंक व्याजदर सबैभन्दा बढी चासोको रूपमा हेरिएको छ । ‘मौद्रिक नीतिले बैकहरूले लिने प्रिमियम र बेसरेट कम गर्नुपर्छ । यसो हुँदा बैैंक ब्याजदर कम हुन आउने र निजी क्षेत्रले उठाएको मागलाई सम्बोधन हुनसक्छ’, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले भने । 

निजी क्षेत्रले बैंकको ब्याजदर घटाउनै पर्ने विषयमा आफ्नो अडान राख्दै आएको छ । बैंकहरूले कात्तिकदेखि ब्याजदर बढाएर कर्जामा १८ प्रतिशतसम्म पु¥याएका छन् । उक्त ब्याजदर बढी हुँदा व्यापार व्यवसाय गर्न असहज भएको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाउँदै आन्दोलनसमेत गर्दै आएका छन् । निजी क्षेत्रले ब्याजदर घटाउन माग गरिरहेको भए पनि राष्ट्र बैंकले पनि मौद्रिक नीतिको समीक्षालाई नै पर्खाइरहेको छ । 

कात्तिकदेखि कार्यान्वयनमा आएको चालु पुँजीसम्बन्धी नीति संशोधन गर्नुपर्ने निजी क्षेत्रको माग रहेको छ । त्यसमा राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने विषयलाई निजी क्षेत्रले प्राथमिकताका साथ उठाएको छ । 

राष्ट्र बैंकले निजी क्षेत्रले उठाएको मागलाई आज आउने भनिएको मौद्रिक नीतिको समीक्षाले सम्बोधन गर्ने र ब्याजदर घटेर अर्थतन्त्र चलायमानमा सहजीकरण हुने बुझाई मल्लको छ । 

देश चुनावमय हुँदा कात्तिकदेखि अर्थतन्त्रम चलायमान भए पनि निजी क्षेत्रको बुझाई छ । नेपाल बैंकर्स संघले जारी गरेको कात्तिक महिनासम्मको निक्षेपको तथ्यांकले पछिल्लो एक महिनामा १७ अर्ब रुपैयाँ निक्षेप थप भएको छ ।

यस्तो निक्षेप मंसिर पहिलो साता ५ अर्ब रुपैयाँले घट्न थालिसकेको भए पनि चुनाव अगाडिको महिनामा भने अर्थतन्त्रलाई राहत नै दिएको बताएको छ । राष्ट्र बैंकका सहप्रवक्ता पोखरेल भने गत महिना भएको अर्थतन्त्रको अवस्थाको लागि आगामी महिना आउने तथ्यांकलाई नै पर्खनुपर्ने बताउँछन् । 

राष्ट्र बैंकका अनुसार भने समग्र बैैंक तथा वित्तीय संस्थामा कात्तिक १ गतेसम्ममा जम्मा ५१ खर्ब ६९ अर्ब ४८ करोड निक्षेप संकलन भएको छ । यस्तो निक्षेपबाट ४७ खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

यस्तो तथ्यांक कात्तिक मसान्तसम्म आइपुग्दा भने निक्षेप ५१ खर्ब ७० अर्ब ७९ करोड र कर्जा प्रवाह ४७ खर्ब ५९ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । यो अवधिमा बैंकिङ क्षेत्रमा अधिक तरलता १३ अर्ब रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x