२४ जेठ २०८३, आइतबार
प्रतिनिधिसभा निर्वाचन २०७९

पूर्वप्रधानमन्त्री खनाल पराजित, करिब ३ हजार मतान्तरसहित महेश बस्नेत विजयी

मंसिर ११, २०७९
पूर्वप्रधानमन्त्री खनाल पराजित, करिब ३ हजार मतान्तरसहित महेश बस्नेत विजयी

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन् । प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका खनाललाई नेकपा एमालेका महेश बस्नेतले २ हजार ९५७ मतान्तरले पराजित गरेका हुन् ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवारसमेत रहेको खनाल पराजित भएका हुन् । खनाल यसअघि २०५६ काे निर्वाचनबाहेक सबै निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदमा विजयी बनेका थिए । उनकाे याे दाेस्राे हार हाे । 
 

salt training

कमेन्ट गर्नुहोस्