२९ जेठ २०८३, शुक्रबार

विर्तामोडमा एओजी धुमधामसँग सम्पन्न

मंसिर ११, २०७९
विर्तामोडमा एओजी धुमधामसँग सम्पन्न

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिवार विर्तामोडदेखि कन्यामसम्म अपाचे ओनर्स ग्रुप (एओजी) राइडको धुमधाम आयोजना गरेको छ । ३० जना राइडरहरूको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरू यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा संलग्न भए, नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य कन्यामको अवलोकन गरेर कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै टीभीएसको प्रशंसा पनि गरे । 

टीभीएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणीलगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरेको छ । अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

राइडका एक सहभागी तथा भ्लगर, अनुप श्रेष्ठ भन्छन्, ‘टीभीएसले पहिलोपटक पूर्वीनेपालमा यस्तो राइडको आयोजना गरेको छ । जगदम्बा मोटर्स्लाई पूर्वी नेपालमा बाइकरहरूको समुदाय बनाएर हामीलाई बाइकिङ प्रविधि सिक्ने मौका दिएकोमा धन्यवाद दिन चाहन्छौँ ।’ उनी यतिमा रोकिएनन्, उनले थपे, ‘हामीले फेसबुक र भाइबरका  एओजी राइडर्स नेपाल समूहमा पनि सामेल भयौँ जसले हामीलाई आगामी दिनहरूमा टीभीएसले आयोजना गर्ने राइड तथा कार्यक्रमहरूको बारेमा अपडेट राख्नेछ । यसले हामीलाई भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरूमा भाग लिन उत्सुक बनाएको छ ।’

टीभीएसका प्रमुख मार्शल गौरवले सम्पूर्ण कार्यक्रमको अनुगमन गरेका थिए भने सञ्जेश बुढाथोकीले उक्त कार्यक्रमको नेतृत्व गरेका थिए । 

एओजी, अपाचे बाइक भएका राइडरहरूको समुदाय हो, जुन मोटरसाइकलप्रति उनीहरूको प्रेम, जोश, र लगाव बाड्ने एउटा साझा प्लेटफर्म हो । भारत तथा अन्य राष्ट्रहरूका अपाचे राइडरहरूले बनेको यस समुदायले सम्पूर्ण राइडरहरूलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरूमा संलग्न गराउँछ । 

जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरू, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

salt training

कमेन्ट गर्नुहोस्