०२ साउन २०८३, शनिबार

भीषण पहिरोपछि  इटालीमा आपत्काल घोषणा

मंसिर ११, २०७९
भीषण पहिरोपछि  इटालीमा आपत्काल घोषणा

इटालीको सरकारले इस्चियाको दक्षिणी टापुमा पहिरोमा परी कम्तीमा एक जनाको मृत्यु  भएको र दर्जनौं बेपत्ता भएपछि आइतबार आपत्काल घोषणा गरेको छ।

माटो र भग्नावशेषको छालले शनिबार बिहान सबेरै देशको सानो शहर कासामिचियोला टर्मेमा एउटा घर र  थुप्रै कारहरूलाई बगाएको स्थानीय  सञ्चार माध्यमले जनाएका छन् । 

नागरिक सुरक्षा मन्त्री नेलो मुसुमेसीले जनाएअनुसार  आपतकालीन मन्त्रिपरिषद् बैठकको २० लाख युरो राहत कोषको घोषणा गर्दै आपतकालीन अवस्था घोषणा गरेको छ ।  दुई सय भन्दा बढी उद्धारकर्ताहरू अझै एक दर्जन बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा संलग्न छन्  भने सयौं स्वयंसेवकहरू सडक सफा गर्न व्यस्त देखिन्छन् ।

इटालियन समाचार एजेन्सी एजीआईका अनुसार उद्धारकर्ताहरूले ३१ वर्षीया महिलाको शव फेला पारेका  छन्।  ४५ वर्षीय साल्भाटोर लोरिनीले पहिराले त्रासदी ल्याएको बताएकी छिन् । 

salt training

कमेन्ट गर्नुहोस्