२८ जेठ २०८३, बिहीबार

यस्तो छ बाणिज्य बैंकहरुको कर्जा लगानीको अवस्था

मंसिर ११, २०७९
यस्तो छ बाणिज्य बैंकहरुको कर्जा लगानीको अवस्था

वाणिज्य बैंकहरुले २०७९ असोजसम्ममा कृषि क्षेत्रमा रु.५१९ अर्ब ५७ करोड अर्थात १२.३८ प्रतिशत कर्जा प्रवाह गरेका छन् । यस्तै ऊर्जा क्षेत्रमा रु.२४५ अर्ब ९ करोड (५.८४ प्रतिशत) र लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा रु.३९८ अर्ब २१ करोड (९.४९ प्रतिशत) प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा विकास बैंकहरुले २०८० असार मसान्तसम्म कुल कर्जा लगानीको १९ प्रतिशत कर्जा कृषि, लघु, घरेलुतथा साना उद्यम/व्यवसाय, उर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था अनुसार  असोज मसान्तमा उक्त क्षेत्रहरुमा रु.११३ अर्ब ८० करोड कर्जा लगानीमा भएको जनाएको छ । 

 त्यसैगरी, वित्त कम्पनीहरुले २०८० असार मसान्तसम्म कुल कर्जा लगानीको १४ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा असोज मसान्तसम्म रु.१८ अर्ब ३७ करोड लगानी भएको छ । 

बैंक तथा वित्तीय संस्थाहरुले कृषि लगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट प्रभावित क्षेत्रमा उपलब्ध गराइएको पुनरकर्जा असोज मसान्तमा रु.१०५ अर्ब ४७ करोड लगानीमा रहेको पनि जानकारी दिएको छ । 

यस्तै नेपाल सरकारको ब्याज अनुदानमा सञ्चालित सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत  कुल १ लाख ४७ हजार ६४२ ऋणीलाई रु.२१० अर्ब ४७ करोड कर्जा लगानीमा रहेको पनि जनाइएको छ ।  यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय शीर्षकमा ६० हजार ६१ ऋणीलाई रु.१३८ अर्ब २१ करोड र महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार ७५० महिला उद्यमीलाई रु.६८ अर्ब ६९ करोड कर्जा लगानीमा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य ८ शीर्षकअन्तर्गत कुल २ हजार ८३१ ऋणीहरुलाई रु.३ अर्ब ५७ करोड कर्जा लगानीमा रहेको पनि राष्ट्र बैंकले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्