०३ साउन २०८३, आइतबार

एमालेको समानुपातिक मत २५ लाख नाघ्यो, कांग्रेसको २३ लाख ७७ हजार

मंसिर १२, २०७९
एमालेको समानुपातिक मत २५ लाख नाघ्यो, कांग्रेसको २३ लाख ७७ हजार

नेकपा एमालेको प्रतिनिधिसभा तर्फको समानुपातिक मत २५ लाख नाघेको छ ।

हालसम्म भएको मतगणना अनुसार एमालेले २५ लाख ७ हजार ४०३ मत पाएको छ भने नेपाली कांग्रेसले २३ लाख ७७ हजार ४९८ मत पाएको छ ।

तेस्रो नम्बरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५६ हजार ८८५ मत पाएको छ । नेकपा माओवादी केन्द्रले १० लाख ४६ हजार १८६ मत पाएको छ ।

समानुपातिकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४३ हजार १७१, जनता समाजवादी पार्टीले ३ लाख १४ हजार २९४, जनमत पार्टीले २ लाख ५१ हजार, नेकपा एकीकृत समाजवादीले २ लाख ४७ हजार १७७ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ३४ हजार ४१४ मत पाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २४ हजार ९३९ मत, नेपाल मजदुर किसान पार्टीले ७२ हजार ६३१ मत, हाम्रो नेपाली पार्टीले ५२ हजार ६७७ मत, मंगोल नेसनल अर्गनाइजेसनले ४५ हजार २९१, राष्ट्रिय जनमोर्चाले ४४ हजार ७२४ मत पाएका निर्वाचन आयोगले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्