२८ जेठ २०८३, बिहीबार

झापामा धानको उत्पादकत्व बढ्यो

मंसिर १२, २०७९
झापामा धानको उत्पादकत्व बढ्यो
प्रतिकात्मक तस्वीर

झापामा वर्षे धानको उत्पादकत्व बढेको छ ।

गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।

यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व ४ दशमलव ८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उनले बताए । आव २०७७/०७८ र आव २०७८/०७९ मा वर्षे धानको उत्पादकत्व ४ दशमलव ८५ रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

आव २०७७/०७८ मा ८५ हजार ७५० हेक्टरमा धानखेती गरिएको थियो । 

गत वर्ष जिल्लामा ८७ हजार ५०० हेक्टरमा धान खेती गरिए पनि यस वर्ष ८६ हजार ६२५ हेक्टरमा मात्र धान रोपाइँ भएको थियो । प्लटिङ लगायतका भू–खण्डीकरणका कारण जिल्लामा धानखेतीको क्षेत्रफल केही घटे पनि उत्पादन बढेको उनले बताए ।

जिल्लामा आव २०७८/०७९ मा १९ हजार ८०० हेक्टरमा चैते धान खेती गरिएको थियो । यसको उत्पादकत्व ५ दशमलव २ मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्