२६ जेठ २०८३, मंगलबार

कुनै बेला ‘गढ’ मानिने चितवन–३ मा कांग्रेस पाँचौं स्थानमा

मंसिर १२, २०७९
कुनै बेला ‘गढ’ मानिने चितवन–३ मा कांग्रेस पाँचौं स्थानमा

दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालिन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बने । भारी मतले उनी विजयी पनि भए ।

उनले छाडेर उपनिर्वाचन हुँदा कांग्रेसका रामकृष्ण घिमिरेले पनि अत्याधिक मतले विजयी भए ।
 
हालको क्षेत्र नम्बर ३ सोही क्षेत्र पर्दछ । विगत ९ वर्षमा सो क्षेत्रमा कांग्रेसको प्रभाव निरन्तर ओरालो लाग्यो । मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिक तर्फको मत परिणामअनुसार कांग्रेस सो क्षेत्रमा पाँचौं हुन पुगेको छ । चितवन–३ मा समानुपातिकका ९४ हजार २८० मत सदर हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले २८ हजार ४०१ मत प्राप्त गरेर पहिलो बनेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले १६ हजार ७५५ मत प्राप्त गरी दोस्रो बनेको छ भने नेकपा माओवादी केन्द्रले १६ हजार ८९ प्राप्त गरी तेस्रो भएको छ । नेकपा एमालेले १४ हजार ५२२ मत प्राप्त गरेर चौथो र कांग्रेसले १० हजार ५२१ मत प्राप्त गरी पाँचौं स्थानमा पुगेको छ ।
 
कांग्रेसले झण्डै ४० हजार र एमालेले ३० हजार हाराहारी मत भएको दाबी गर्दै आएका थिए । समग्र जिल्लामा पहिलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी बन्न सफल भएको छ । समानुपातिक मत परिणामअनुसार एमाले दोस्रो र कांग्रेस तेस्रो भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्