२९ जेठ २०८३, शुक्रबार

राप्रपा फुटाउनेलाई आयोगले बोलायो

कात्तिक २०, २०७४
राप्रपा फुटाउनेलाई आयोगले बोलायो

काठमाडौँ, २८ साउन - निर्वाचन आयोगले केही दिनअघि विभाजन भएको घोषणा गरेको राप्रपा प्रजातान्त्रिकका सांसद र केन्द्रीय हस्ताक्षर सनाखतका लागि आइतबार बोलाएको छ ।rana

नेता पशुपतिशम्शेर जबरालगायतले दिएको निवेदनमा समर्थन गर्न चाहने केन्द्रीय सदस्य र सांसदलाई हस्ताक्षर सनाखतका लागि आयोगमा बोलाइएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । व्यवस्थापिका–संसद्मा रहेको दलको कम्तीमा ४० प्रतिशत सांसद र केन्द्रीय सदस्यले पुरानो दल छाड्ने घोषणा गरेमा आयोगमा नयाँ दलका रुपमा मान्यता दिन सक्ने कानूनी व्यवस्था छ ।

राणाको नेतृत्वमा रहेको राप्रपा प्रजातान्त्रिकका नाममा नयाँ दलको मान्यताका लागि आयोगमा यही साउन २२ गते निवेदन दर्ता गराइएको थियो । राप्रपाबाट विभाजन भएको राप्रपा प्रजातन्त्रिकले आफ्ना पक्षमा २० सांसद र ६५ केन्द्रीय सदस्य रहेको जिकिर गर्दै आएको छ ।

केही महिनाअघि मात्र एकीकृत भएको राप्रपा एक वर्ष नपुग्दै पुनः टुक्रिएको हो । सरकारमा पार्टीको सहभागिता र नेपालको संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने कि न गर्ने भन्ने विषयमा मतभेद भएपछि पार्टी विभाजन हुन पुगेको हो ।

salt training

कमेन्ट गर्नुहोस्