माघ १६, २०७९
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीवार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रवार हुने गरी मिति तोकेको हो ।&n...
प्रतिनिधि सभा र प्रदेश सभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ । निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा(एमाले)ले २५ लाख ३४ हजार ३२३ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले २३ लाख ९९ हजार ८३१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ७१८, नेकपा (माओवादी केन्द्र)ले १० लाख ६२ हजार ७४७ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ६५६, जनता समाजवादी पार्टीले ३ लाख २६ हजार ३७२ मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।
थ्रेस होल्ड कटाउनका लागि संघर्षरत दलमा नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी छन् । आयोगको विवरणअनुसार जनमत पार्टीले २ लाख ६२ हजार ८२६ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले दुई लाख ५२ हजार २७ मत प्राप्त गरेको छ । बाँकी रहेको मतगणनामा ती दलले थ्रेस होल्ड कटाउने अपेक्षा राखेका छन् ।
आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९६२, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २७ हजार ९१८, नेपाल मजदूर किसान पार्टीले ७२ हजार ८००, हाम्रो नेपाली पार्टीले ५२ हजार ८४३ मत, मंगोल नेशनल अर्गनाइजेशनले ४५ हजार ६६३, राष्ट्रिय जनमोर्चाले ४४ हजार ८७३, नेपाल संघीय समाजवादी पार्टीले ३१ हजार २२९ र नेकपा(माले)ले २६ हजार ९७१ मत प्राप्त गरेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कूल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए । त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले १ हजार ६९४ मत प्राप्त गरेको छ ।
त्यस्तै आयोगले प्रदेशतर्फको पनि समानुपातिकतर्फको मतगणना जारी राखेको छ । प्रदेश १ मा १५ लाख ८४ हजार ८६९ मतगणना भइसकेको छ । मधेश प्रदेशमा १६ लाख २५ हजार ७५८, बागमती प्रदेशमा १५ लाख ९८ हजार ४३४, गण्डकी प्रदेशमा ९ लाख १८ हजार ८३९, लुम्बिनी प्रदेशमा १८ लाख ५९ हजार ६२, कर्णाली प्रदेशमा ५ लाख ७७ हजार ८२९ र सुदूरपश्चिम प्रदेशमा ८ लाख ७ हजार १३८ मत गणना भइसकेको छ ।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीवार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रवार हुने गरी मिति तोकेको हो ।&n...
राष्ट्रिय योजना आयोगमा रिक्त ३ सदस्य नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले सदस्यहरू नियुक्त गरेको हो । स्रोतका अनुसार सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्रबहादुर महतलाई नियुक्त गरिएक...
नियमावली मस्यौदा समितिको सोमवार बसेको बैठकले शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्रमा सदनलाई उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ । समितिले प्रतिनिधिसभा नियमावली २०७५ को परिच्छेद ...
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आसन्न २३औं राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ । अनेरास्ववियुले केन्द्रीय महाधिवेशन सम्पन्न गर्न १ हजार १११ सदस्यीय सम्मेलन जनपरिचालन कमिटी गठन गरेको ...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले सोमवार शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताएका छन् । भरतपुरमा प्रेस युनियन चितवन शाखाले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपति...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...