चैत ६, २०७९
फिनल्यान्ड संसारको सबभन्दा खुशी मुलुकको सूचीमा लगातार छैटौंपटक पहिलो स्थानमा परेको छ । एक दशकभन्दा बढी अवधिदेखि प्रकाशित गर्दै आइएको यस सूचीमा अभूतपूर्व उपलब्धि हासिल गर्न फिनल्यान्ड सफल भएको हो । ...
जाडो बढेपछि जर्मन सांसदहरूलाई संसद् भवनमा न्यानोको व्यवस्था गर्न गाह्रो परेको त्यहाँको पत्रिका देर स्पीगलले खबर दिएको छ ।
जर्मन संसद् बुन्डेस्टाखले ऊर्जा संकटका कारण खपत घटाउन थालेपछि केही सांसदहरूले जाडोका कारण आफूहरूलाई रुघाखोकीको समस्या हुन सक्ने गुनासो गरेका छन् ।
केही मन्त्री र सांसदहरूले ज्याकेटभित्र घाँटीसम्म आउने पुलओभर लगाएका छन् । अनि उनीहरूले कार्यालय आउँदा पनि शल वा स्कार्भ भिर्ने गरेका छन् ।
ग्रीन पार्टीका सांसद तथा पूर्व कृषिमन्त्री रेनाते कुएनास्टले भनिन्, ‘म डाउन ज्याकेट लगाएर अफिसमा बस्दा चिसो लाग्यो । यताउता दौडिएर न्यानो बनाउन खोजें । तैपनि मलाई रुघाले समातिहाल्यो ।’
संसद् भवनमा तापक्रम निकै घटेको बताइएको छ । कुएनास्टले आफ्ना केही सहकर्मीलाई जाडोका कारण रोग लागेको पनि बताइन् ।
रुस–युक्रेन द्वन्द्वका कारण जर्मनीले रुससँग ऊर्जा आपूर्ति लिन छोडेपछि त्यहाँ ऊर्जाको चरम अभावको स्थिति छ ।
पश्चिमा मुलुकहरूले रुसविरुद्ध प्रतिबन्ध लगाएकाले युरोपेलीहरू ग्यासको उच्च मूल्य तिर्न बाध्य छन् ।
फिनल्यान्ड संसारको सबभन्दा खुशी मुलुकको सूचीमा लगातार छैटौंपटक पहिलो स्थानमा परेको छ । एक दशकभन्दा बढी अवधिदेखि प्रकाशित गर्दै आइएको यस सूचीमा अभूतपूर्व उपलब्धि हासिल गर्न फिनल्यान्ड सफल भएको हो । ...
शाङ्हाई कोअपरेशन अर्गनाइजेशन अन्तर्गत साझा बौद्ध विरासत शीर्षकमा भारतले गत साता एउटा सम्मेलनको आयोजना गरेको द हिन्दू पत्रिकाले खबर दिएको छ । उक्त सम्मेलनमा रुस, चीन, पाकिस्तान, ताजिकिस्तान, बेलारुस, बह...
द्वन्द्वग्रस्त युक्रेनलाई हतियार उपलब्ध गराउने चीन नभएर संयुक्त राज्य अमेरिका भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार उल्लेख गरेका छन् । "चीनले सधैं युक्रेन मुद्दामा वस्तुनिष्ठ र निष्पक्ष अडान...
मलेसियामा गत फेब्रुअरीमा उद्योगको मात्रा ३९ प्रतिशतले बढेर ६२ हजार ६४९ हिकाई पुगेको छ । गत वर्ष यसको सङ्ख्या ४५ हजार ६२ युनिट रहेको मलेसियन अटोमोटिभ एसोसिएसनले सोमबार जनाएको छ। एसोसिए...
क्यानडाले जापान, दक्षिण कोरिया र अमेरिकासँग मिलेर नयाँ क्वाड बनाउने प्रस्ताव राखेको छ । चीन र रुसलाई टक्कर दिनका लागि यो क्वाड बनाइने जापानी अधिकारीहरूले बताएको क्योदो न्युजले खबर दिएको छ । ...
प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी फुमियो किशिदा बीच आज विश्व राजनीतिमा घटेका नयाँ घटनाक्रमका बारेमा छलफल भएको छ । भारतीय विदेश मन्त्रालयका सचिव विनय क्वात्राले आज &nb...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...