×

NMB BANK
NIC ASIA

प्रदेश-१ मा प्रत्यक्ष चुनाव जित्ने महिला २ मात्रै

मंसिर १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा प्रदेश-१ मा प्रत्यक्षतर्फ निर्वाचित हुने महिला २ जना मात्रै छन् । ५६ वटा निर्वाचन क्षेत्र रहेकाे प्रदेश सभामा एकीकृत समाजवादीकी खिनु लङवा र राप्रपाकी सविना बजगाईमात्रै प्रत्यक्षतर्फ निर्वाचित भएकी हुन् । 

Muktinath Bank

खिनु इलाम क्षेत्र नम्बर-१ बाट विजयी भएकी हुन् । प्रदेश-१ सरकारकी संस्कृति पर्यटनमन्त्रीसमेत रहेकी खिनुले एमालेकी शोभा पराजुलीलाई पराजित गरेकी हुन् । १३ हजार ३ सय ७५ मत ल्याएर खिनु विजेता बन्दा एमालेकी पराजुलीले ११ हजार ३९५ मत मात्रै ल्याउन सकिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खिनुले नेकपा एसका सम्मानित नेता झलनाथ खनालको समेत इज्जत जोगाइदिएकी छन् । प्रतिनिधि सभामा खनाल यस क्षेत्रबाट पराजित भएर एमालेका महेश बस्नेत विजयी भएका छन् । २५ हजार ७ सय ५३ मत मत ल्याएर बस्नेत निर्वाचित हुँदा खनालले २३ हजार ८९ मत मात्रै ल्याएका छन् । 


Advertisment
Nabil box
Kumari

झापा क्षेत्र नम्बर-१(२) बाट राप्रपाकी बजगाई निर्वाचित भएकी हुन् । बजगाईले १३ हजार ६१२ मत ल्याएर विजेता बन्दा निकटम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका श्यामवीर लिम्बूले १२ हजार २२५ मत मात्रै प्राप्त गरेका थिए । 

Vianet communication
Laxmi Bank

प्रतिनिधिसभातर्फ भने उक्त क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भए । 

यसअघि २०७४ मा पनि प्रदेश-१ सभामा दुई महिला मात्रै प्रत्यक्षतर्फ विजयी भएका थिए । २०७४ मा इलामबाटै तत्कालीन एमालेको तर्फबाट खिनुनै विजयी भएकी थिइन् । अर्की एकजना उदयपुर-२(२)बाट कला घले निर्वाचित भएकी थिइन् । उनले यसपटक भने टिकट पाइनन् । 

प्रत्यक्षतर्फ विजेता महिला उम्मेदवारको संख्या कम हुँदा अब समानुपातिक कोटाबाट धेरै महिला उम्मेदवारहरू प्रदेशसभा सदस्य बन्ने बाटो खुलेको छ । महिला सहभागिताको सवालमा बहस जारी रहेका बेला प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या कम हुनु र उम्मेदवार बनेकाहरू पनि विजयी नहुनुलाई सामान्यरुपमा लिन नहुने महिला अधिकारकर्मीहरूको विश्लेषण छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x