०५ साउन २०८३, मंगलबार
नयाँ सरकारकाे तयारी

गठबन्धनकै सरकार बनाउनेबारे देउवा, प्रचण्ड र नेपालको छलफल

मंसिर १२, २०७९
गठबन्धनकै सरकार बनाउनेबारे देउवा, प्रचण्ड र नेपालको छलफल

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेका बेला नयाँ सरकार बनाउनेबारे गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएकाे छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भेटेर नयाँ सरकार गठनबारे छलफल गरेका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा ३ नेताले नयाँ सरकार बनाउने बारे छलफल गरेको बालुवाटार स्रोतले बताएको छ ।  उनीहरूबीच साेमबार विहान ११ बजे भेटवार्ता भएकाे हाे । 

प्रधानमन्त्री देउवासँग भएको छुट्टाछुट्टै भेटमा अध्यक्षद्वय दाहाल र नेपालले पाँच दलीय गठबन्धनलाई अझै थप बलियो बनाइ गठबन्धनकै नेतृत्वमा आगामी सरकार गठन गर्नुपर्ने विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नयाँ सरकार गठन, राष्ट्रपतिलगायत ‘पावर शेयरिङ’ गर्नुपर्ने बारेमा समेत छलफल भएको थियो । गठबन्धन दायाँबाँया नगरी एकमतका साथ अघि बढ्नुपर्ने तीन शीर्ष नेताको निष्कर्ष रहेको परियारले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्