मेक्सिकोका बक्सिङ खेलाडी कानेलो अल्भारेजले अर्जेन्टिनाका फूटबल सुपरस्टार लियोनल मेसीलाई धम्की दिएका छन् ।
आफ्नो देशको झण्डालाई मेसीले अपमान गरेको भन्दै उनले धम्की दिएका हुन् ।
आइतवार विश्वकप फूटबलको एक खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलले हराएपछि मेसीले साथी खेलाडीहरूसँग चेन्ज रूममा खुशी मनाउने क्रममा भएको भनिएको घटनाले अल्भारेजको पारो तातेको हो ।
मेसीले गीत गाउँदै जुत्ता खोल्दा भुइँमा रहेको मेक्सिकोको जर्सी वा झण्डालाई लात हानेको जस्तो देखिएको थियो ।
‘मेसीले हाम्रो जर्सी र झण्डाले भुइँ पुछेको देख्नुभयो ?’ अल्भारेजले ट्वीट गर्दै लेखे । ‘मैले उनको सामना गर्नु नपरोस् भनी उनले प्रार्थना गरे हुन्छ । मैले अर्जेन्टिनालाई सम्मान गरे जस्तो उनले पनि मेक्सिकोलाई सम्मान गर्नुपर्छ । म पूरै देशको कुरा गरिरहेको छैन, मेसीले गरेको कामको मात्र आलोचना गरिरहेको छु ।’

अल्भारेजको यो अभिव्यक्तिप्रति अर्जेन्टिना समर्थकहरूले आश्चर्य मानेका छन् ।
‘उनलाई आफूप्रति ध्यान खिच्न मात्र परेको छ किनकि उनको सान्दर्भिकता सकिएको छ,’ एक समर्थकले लेखे, ‘मैले अहिलेसम्म उनको नाम पनि सुनेको थिइनँ ।’
मेक्सिको समर्थकहरूले पनि अल्भारेजको दाबीलाई पत्याएका छैनन् । मेसीले खेल सकिएपछि जुत्ता खोलेको, कसैलाई अपमान नगरेको उनीहरू नै बताइरहेका छन् ।
Canelo had some strong words for Messi after seeing his locker room celebration 👀
— ESPN Ringside (@ESPNRingside) November 28, 2022
(via @canelo, nicolasotamendi30/IG) pic.twitter.com/emRRHK1nGO