२६ जेठ २०८३, मंगलबार

सीडीई झासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

मंसिर १२, २०७९
सीडीई झासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगन्जस्थित नारायणी सिँचाई व्यवस्थापन डिभिजन नम्बर ५, बहुअरीका तत्कालीन सीडीई मदन मोहन झासहित चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । 

अख्तियारले झासहित तत्कालीन लेखा अधिकृत मुरारीप्रसाद आचार्य, जल उपभोक्ता संस्थाका अध्यक्ष कुसुम देवी कलवार, कोषाध्यक्ष राजकिशोर प्रसादसहित चार जनाविरुद्ध सोमवार विशेष अदालतमा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

ती पदाधिकारीहरूले उपभोक्ता संस्थालाई बदनियतपूर्वक काम नै नभएको अवस्थामा पनि झुट्टा बिल बनाई ५ लाख ६१ हजार ९५० रुपैयाँ भुक्तानी दिएको भन्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्