२४ जेठ २०८३, आइतबार

क्यामरुन र सर्बियाको खेलमा बराबरी

मंसिर १२, २०७९
क्यामरुन र सर्बियाको खेलमा बराबरी

कतारमा जारी फिफा विश्वकप–२०२२ अन्तर्गत समूह ‘जी’को खेलमा क्यामरुन र सर्बियाले बराबरी खेल्दै अंक बाँडेका छन् । 

कतारको अल जनौब रंगशालामा सोमवार भएको खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको २९औं मिनेटमा जिन क्यास्टेलेट्टोले गोल गरेपछि क्यामरुनले अग्रता बनाएको थियो । पहिलो हाफको अतिरिक्त समयमा २ गोल गरी सर्बिया खेलमा फर्कियो ।

अतिरिक्त समयको पहिलो मिनेटमा दुसान ट्याडिकको पासमा स्टारिन्जा पाब्लोभिचले बराबरी गोल गरे । त्यसको २ मिनेटपछि मिलान्कोभिच सेभिचले अर्को गोल गर्दा सर्वियाले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

खेलको ५३औं मिनेटमा अलेक्ज्यान्दर मित्रोभिचले गोल गर्दा सर्बियाले ३–१ को अग्रता बढायो । ३ मिनेटको अन्तरमा २ गोल फर्काउँदै क्यामरुनले ६६औं मिनेटमा खेल बराबरीमा ल्यायो । खेलको ६३औं मिनेटमा भिन्सेन्ट अबुवाकर र ६६औं मिनेटमा चुपो मोटिङले गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकियो ।

समूहमा ब्राजिल र स्वीटजरल्यान्डको समान ३–३ अंक छ । सर्बिया र क्यामरुनले बराबरीका साथ १–१ अंक बाँड्दै खाता खोलेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्