११ साउन २०८३, सोमबार

चुनाव हारेका झलनाथको विज्ञप्ति, धाँधलीको दाबी कायमै

मंसिर १२, २०७९
चुनाव हारेका झलनाथको विज्ञप्ति, धाँधलीको दाबी कायमै

इलाम १ बाट पराजित भएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा धाँधली भएको दाबी गरेका छन् । निर्वाचनको मतगणनादेखि नै धाँधली भएको दाबी गर्दै आएका खनालले सोमबार आफ्नो विज्ञप्तिमार्फत पनि सोही कुरा बताएका हुन् । खनाल एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । 

उनले धाँधलीबारे कानुनी समाधान खोजिने समेत जनाएका छन् ।  ‘मतदानको प्रक्रिया शुरु देखि नै स्वास्थ नरहेको, विभिन्न प्रकारका अनियमितता भएको, एउटा मतपेटिकामा मत हाल्नु पर्नेमा अर्कै मतपेटिकामा मत हालेको, कैयन् मतपेटिकामा खसेको मत गणना गर्दा सयौं मतपत्र नभेटिएको, सयौं मतपत्रहरू गायब भएको, कतिपय मत पेटिकामा खसेको मतभन्दा सयौं मत बढी भेटिएको जस्ता तथ्यहरूले मतदानको प्रक्रियामा योजनाबद्ध रुपमा अनियमितता भएको कुरा छर्लङ्ग पारेको छ’, खनालको विज्ञप्तिमा भनिएको छ, ‘ती मतपत्रहरु कसरी गायब भए ? ती मतपत्रहरु कतिपय बाकसमा कसरी बढी हुन पुगे ? यी प्रश्नहरूको निर्वाचन आयोगले अहिलेसम्म तर्कसङ्गत जवाफ दिन सकेको छैन ।’
 त्यसैले  निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई स्वीकार गर्न नसकेको खनालको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्