१२ साउन २०८३, मंगलबार
आम निर्वाचन

जनमत पार्टीले कटायो गणना भएको मतमा ३ प्रतिशतको थ्रेस होल्ड

मंसिर १२, २०७९
जनमत पार्टीले कटायो गणना भएको मतमा ३ प्रतिशतको थ्रेस होल्ड

सीके राउत नेतृत्वको जनमत पार्टीले हालसम्म गणना भएको मतमा ३ प्रतिशतको थ्रेस होल्ड कटाएको छ । सोमबार रातिसम्म प्रतिनिधिसभाको समानुपातिकतर्फ कुल ९४ लाख ५२ हजार २७६ मत गणना हुँदा सो पार्टीले २ लाख ८४ हजार ८२८ मत पाएसँगै ३ प्रतिशतको थ्रेस होल्ड कटेको हो।  

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल १ करोड ९ लाख मत खसेको छ।  अब गन्न बाँकी मत अर्थात अन्तिमसम्म पनि यो प्रतिशत जोगाउन सकेमा जनमत पार्टी थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बन्न सक्ने देखिएको छ । राष्ट्रिय पार्टी बन्नका लागि समानुपातिकमा ३ प्रतिशतका साथै प्रत्यक्षमा कम्तिमा १ सिट जितेको हुनुपर्नेछ । 
सो पार्टीले प्रत्यक्षतर्फ एक सिट जितेकाले ३ प्रतिशत मत कटाएमा राष्ट्रिय पार्टी बन्ने छ । 


 

salt training

कमेन्ट गर्नुहोस्