
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको नियमित बुलेटिनअनुसार मंगलबार बिहान पहाडी भूभागका केही स्थानहरूमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतः सफा रहेको छ।
यस्तै दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतः सफा रहनेछ।
यस्तै राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ ।