
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको अछाम कार्यालयमा आबद्ध करिब १३५ जना अभिकर्ताहरूको सहभागिता रहेको थियो ।
प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरूमा आबद्ध भई बीमा व्यवसाय गर्दै आएका अभिकर्ताहरूलाई अभिकर्ता पेशामा व्यवसायिक बनाउँदै उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसायसमेत प्रबद्र्धन गर्दै लैजाने नीतिअनुरुप कम्पनीले यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताए ।
प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा ऐन २०७९ का आधारभूत विषयवस्तुको बारेमा पनि प्रकाश पारेका थिए ।
कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्ताहरूलाई बीमा विक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी अछाम शाखाबाट चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सम्मान पत्र वितरण गरे ।
उक्त कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले कम्पनीले तयार गरेको वार्षिक तथा मासिक स्किमहरूको बारेमा जानकारी गराएका थिए । कम्पनीको अछाम शाखा प्रमुख दीपक खड्काले सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।