×

NMB BANK
NIC ASIA

सुकुम्वासी बस्तीमा डोजर चलाउनु बहुलठ्ठीपूर्ण कुकर्म : वामदेव गौतम

मंसिर १३, २०७९

NTC
Premier Steels

नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सुकुम्वासी बस्तीमा डोजर चलाउने काम बन्द गर्न सरकारसँग आग्रह गरेका छन् । घरबासबिहीन नागरिकलाई घरबासको व्यबस्था गर्न पनि उनले माग गरेका छन् । 

Muktinath Bank

थापाथलीस्थित सुकुम्वासी बस्तीमा मंगलवार काठमाडौं महानगरले डोजर चलाएको विरोधमा बुधवार विज्ञप्ति जारी गर्दै गौतमले सुकुम्बासी बस्तीमा डोजर चलाउनु अमानवीय काम भएको बताएका हुुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हिजो मंसिर १२ गते काठमाडौं महानगरपालिका प्रशासनले थापाथलीस्थित बागमती किनारामा बसेका सुकुम्बासी बस्तीमा घरबासको विकल्पविनै डोजर चलाएर त्यहाँ रहेका  बासिन्दालाई चिहिलविहील बनाएको छ । नेपाल राष्ट्रभित्र यसरी बसोबास गर्ने सुकुम्वासीको संख्या २० लाखभन्दा धेरै रहेको छ । सुकुम्बासी समस्या राष्ट्रिय समस्या हो । अझ भन्ने हो भने यो समस्या संसारभरिको समस्या हो । विकसित मुलुकहरुमा पनि यो समस्या देख्न सकिन्छ’, गौतमले विज्ञप्तिमा भनेका छन्, ‘जबसम्म निशुल्क घरबास र रोजगारीको सुनिश्चितता गरिँदैन तबसम्म समाजमा यो समस्या सिर्जना भइरहने छ । नेपालको संविधानले समाजवादी समाजको परिकल्पना गरेको छ । समाजवादमा पुग्नका लागि सुकुम्वासी बस्तीमा डोजर लगाउनुपर्छ र ? यो अमानवीय कार्य हो र संविधानविरोधी काम पनि हो ।’


Advertisment
Nabil box
Kumari

पूर्वउपपप्रधामनन्त्रीसमेत रहेका गौतमले स्थायी समाधान खोज्नुुको सट्टा डोजर लगाएर सार्वभौम अधिकार सम्पन्न नेपाली जनताका घर झुपडी तहस–नहस पार्ने कुकर्म गरेको भन्दै सरकारप्रति आक्रोश जनाएका छन् । ‘नेपाल सरकारसँग मिलेर यसको स्थायी समाधान खोज्नुुको सट्टा डोजर लगाएर सार्वभौम अधिकार सम्पन्न नेपाली जनताका घर झुपडी तहस–नहस पार्ने कुकर्म बहुलट्ठीपूर्ण रहेको छ । यस्तो खाले काम जस्ले गरे पनि विरोध र भत्सर्नायोग्य रहेको छ । म यस्तो कृयाकलापको विरोध र भत्र्सना पनि गर्दछु’, गौतमले भनेका छन् । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x