२४ असार २०८३, बुधबार

रुसका अर्का अर्बपतिको रहस्यमय मृत्यु

मंसिर १३, २०७९
रुसका अर्का अर्बपतिको रहस्यमय मृत्यु

रुसको विदेशी गुप्तचरीसँग सम्बन्ध भएको भनिएका एक अर्बपतिको रहस्यमय हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । 

भ्याचेस्लाभ तारान नामक ती व्यापारी स्विटजरल्यान्डको लाउसानबाट उडेपछि एजे गाउँनजिक दुर्घटनामा मारिएका थिए । 

उनीसँग रहेका फ्रान्सेली पाइलटको पनि मृत्यु भएको छ । फ्रान्ुको दक्षिणपूर्वमा पर्ने आल्पेस–मेरिटाइम्समा दुर्घटना भएको हो । 

उक्त हेलिकप्टरमा अर्का एकजना पनि चढ्ने कुरा थियो तर तिनले अन्तिम समयमा क्यान्सिल गरेका थिए । 

घटना नोभेम्बर २५ मा भएको हो । मोनाकएयरले सञ्चारलन गरेको सिंगल इन्जिन हेलिकप्टर दुर्घटनामा परेको हो । 

यसअघि एक वर्षको अवधिमा रुसका १० जना अर्बपतिको रहस्यमय अवस्थामा मृत्यु भइसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्