२८ असार २०८३, आइतबार

तापक्रम घट्दै जाँदा चिसोबाट बच्न आग्रह

मंसिर १४, २०७९
तापक्रम घट्दै जाँदा चिसोबाट बच्न आग्रह

मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भू–भागमा तापक्रम क्रमशः घट्दै जाने भएकाले चिसोबाट बच्न आग्रह गरेको छ ।

बुधवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले तराई भू–भागमा हुस्सु/कुहिरो लाग्ने जनाएको छ ।

महाशाखाले भनेको छ, ‘देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।’

महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । 

बुधवार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

बुधवार राति १ नम्बर प्रदेशका केही तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्