माघ १५, २०७९
भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरको मख्य गर्भगृहमा राख्न भगवान् रामको बालापन निर्माणका लागि कालीगण्डकी नदीबाट भारत पठाउन लागिएको शिला जनकपुरधाम पुगेको छ । शनिबार साँझ जानकी मन्दिरमा ल्याइएको...
स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार ५०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।
सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित भएका छन् । पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ ।
कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार यस वर्ष १ अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्ष सुन्तला बिक्रीबाट ५७ करोड रुपैयाँ भित्रिएको उनले बताए ।
‘यस वर्ष प्रतिहेक्टर १५ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको छ,’ उनले भने । गत वर्ष प्रतिहेक्टर १० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
‘यस वर्ष प्रतिहेक्टर ५ मेट्रिक टनका दरले सुन्तला उत्पादनमा वृद्धि भएको छ,’ हमालले भने । स्याङ्जामा २ हजार हेक्टर क्षेत्रफलमा सुन्तला बगैंचा छ । नेपालमै सबैभन्दा धेरै क्षेत्रफलमा सुन्तला बगैंचा र धेरै उत्पादन स्याङ्जामा हुने गरेको हमालको दाबी छ ।
यस वर्ष सुन्तला छिटो पाकेकाले कात्तिकको दोस्रो हप्ताबाट बिक्री शुरू भएको छ । कात्तिकको दोस्रो हप्तामा प्रतिकिलो ५० रुपैयाँ तथा अहिले ६५ रुपैयाँका दरले सुन्तला बिक्री भइरहेको छ ।
अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका व्यापारी फणिनारायण अर्याल सुन्तला बिक्रीबाट ५० लाख रुपैयाँसम्म आम्दानीको दाबी गर्छन् । गत वर्ष उनले २५ लाख रुपैयाँ आम्दानी गरेका थिए ।
‘अहिले धेरै सुन्तला फलेको छ, लाछ्छिने गरेकाले टेका दिएर हाँगालाई अड्याउनुपरेको छ,’ उनले भने । उनको बगैंचामा अहिले २ हजार सुन्तलाका बोट छन् । अर्यालले सुन्तलाको गे्रडिङ गर्ने मशिन जडान गरी बजारीकरण गर्दै आएका छन् ।
गत वर्ष सुन्तला बिक्रीबाट २ लाख आम्दानी गरेका वालिङ–२ फुटेढुंगाका लेखनाथ काफ्लेले ४ लाख आम्दानी हुने बताए । गत वर्षको तुलनामा यस वर्ष सुन्तला तेब्बर फलेको दाबी गर्दै उनले भने, ‘गत वर्ष २ लाखमा ठेक्का दिएको थिएँ, यस वर्ष ४ लाखमा ठेक्का दिइसकेको छु ।’
ठेकेदारले सुन्तला बगैंचामै आएर ठेक्का लिने गरेकाले पनि बजारीकरणको समस्या नभएको उनले बताए । काफ्लेको सुन्तला बगैंचामा अहिले १०० बोटमा फल लागेको छ । गत वर्ष २२ लाखको सुन्तला बिक्री गरेका स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसाका सुन्तला व्यवसायी भूपराज भण्डारीले यस वर्ष पनि सुन्तला बिक्रीबाट मनग्य आम्दानी हुने बताए ।
गत वर्ष ३१ टन सुन्तला बिक्री गरेर २२ लाख आम्दानी गरेका भण्डारीको यस वर्ष पनि सोही अनुपातमा आम्दानी हुने विश्वास छ । उनको बगैंचामा अहिले ८०० सुन्तलाका बोट छन् । – तोलाकान्त बगाले/रासस
भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरको मख्य गर्भगृहमा राख्न भगवान् रामको बालापन निर्माणका लागि कालीगण्डकी नदीबाट भारत पठाउन लागिएको शिला जनकपुरधाम पुगेको छ । शनिबार साँझ जानकी मन्दिरमा ल्याइएको...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन भएको छ। मेयर साहले गैरकानुनी ढंगले महानगरपालिका भित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमा...
शनिबार रातको ८ बजेर ३० मिनेटतिर होला धनकुटाको टुँडिखेलमा मान्छेको थामिनसक्नुको भीड जम्मा भइसकेको थियो । टिकट हातमा लिएर गेटबाट मान्छेभित्र पस्न तँछाडमछाड गरिरहेका थिए । तीन हजार क्षमताको मैदानमा करिब सात ...
सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बताएका छन्। आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्...
संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज काठमाडौँ आइपुगेकी छन्। दुईदिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने यहाँस्थित अमेरिकी रा...
रवि लामिछानले नेपाली राहदानी फिर्ता गरेका छन्। निस्क्रिय भएको नागरिकता प्रयोग गरी उनले राहदानी लिएका थिए। आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर उनले नागरिकता पुनः प्राप्त गरेपछि अघिल्लो निष्क्रिय ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...