
प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड २६ हजार ९६४ मतगणना भएको छ ।
निर्वाचन आयोगका अनुसार मतगणनामा नेकपा एमालेले सर्वाधिक २६ लाख ९९ हजार ७१८ मत पाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ५७ हजार ५९६ मत पाएको छ भने नेकपा माओवादी केन्द्रले ११ लाख ४४ हजार ६५ मत पाएको छ ।
समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार ३२१ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार ७५६ मत, जनता समाजवादी पार्टी नेपालले ३ लाख ९३ हजार ६८२ मत, जनमत पार्टीले ३ लाख ५४ हजार ३९० मत पाएका छन् ।
नेकपा एकीकृत समाजवादीले २ लाख ८२ हजार ३५१ मत, नागरिक उन्मुक्ति पार्टीले २ लाख ५० हजार ४१९ मत र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४८ हजार ५१२ मत पाएका छन् ।