२५ असार २०८३, बिहीबार

बैतडीमा १९ हजार मत बदर

मंसिर १४, २०७९
बैतडीमा १९ हजार मत बदर
प्रतिकात्मक तस्वीर

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करीब १९ हजार ७७१ मत बदर भएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी मत बदर भएका हुन् ।

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ ७७ हजार ४६० मत खसेका थिए । जसमध्ये ४ हजार ९६२ मत बदर भएका छन् । प्रदेशसभा क्षेत्र नम्बर (१) मा प्रत्यक्षतर्फ ४० हजार १५५ मत खसेकोमा २ हजार १३ मत बदर भए । प्रदेशसभा क्षेत्र नम्बर (२) मा प्रत्यक्षतर्फ ३७ हजार २८० मत खसेकोमा १ हजार ८२० मत बदर भएका छन् ।

प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ ७७ हजार ७६१ मत खसेकोमा ५ हजार ४२१ मत बदर भएका छन् । प्रदेशसभा सदस्य समानुपातिकतर्फ ७७ हजार ४२३ मत खसेकोमा ५ हजार ५५ मत बदर भएका छन् ।

मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा यति धेरै मत बदर भएका छन् । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुँयाल भने मतदाता शिक्षा प्रभावकारी भएको दाबी गर्छन् । उनले भने, ‘काठमाडौंजस्ता शहरमा पनि मत बदर भइरहेका छन्, यहाँ त यो संख्यामा मत बदर हुनु स्वाभाविक हो । मतदाता शिक्षा प्रभावकारी नभएको भन्न मिल्दैन ।’

धेरैजसो बदर भएको मत एउटै मतपत्रमा रहेका २ वा २ भन्दा बढी चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको भेट्टिएको फुँयालले बताए । उनले भने, ‘केही मतपत्रमा औंठाको छाप लगाएको भेट्टिएर बदर भएका छन् भने अधिकांशमा २ वा २ भन्दा बढी चिह्नमा छाप लगाएको पाइयो ।’

salt training

कमेन्ट गर्नुहोस्