माघ २०, २०७९
‘द भ्वाइस अफ नेपाल’ सिजन ४ विजेता बनेपछि गायक करण राईले पहिलो अफिसियल म्युजिक भिडियो ‘चङ्गा’ सार्वजनिक गरेका छन् । करणले आफ्नै युट्युब च्यानल ‘करण राई’ मार्फत &l...
काठमाडाैं | मंसिर १४, २०७९
हिमाल सागर र अनु चौधरीको स्वरमा सार्वजनिक ‘ए हो र माया’ बोलको गीत यतिबेला युट्युब र टिकटकमा चर्चामा छ ।
विमल अधिकारीको शब्द एवं संगीत रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका हुन् । गीत पाँच दिनअघि युट्युबमा सार्वजनिक गरिएको थियो ।
सार्वजनिक भएसँगै विमल अधिकारी र सनिशा भट्टराई फिचर्ड रोमान्टिक गीतलाई स्रोता एवं दर्शकहरुले रुचाएका हुन् । गीतले छोटो समयमै युट्युबमा १६ लाख भ्युज पाइसकेको छ ।
‘बगेको खोली फर्किन्छु भन्छ
कल्लेनी केहीबेर पर्खिन्छु भन्छ
तिमीलाई देखेर माया, तिमीलाई देखेर
ए होर माया
मै राम्री छु र
गीतको पंक्तिहरु टिकटकमा समेत निकै हिट छन् ।
‘लाखौंको भीडमा मलाई नि हेर्छन
रिसले पनि लामो सास फेर्छन्
मलाई नै देखेर माया, मलाई नै देखेर
ए होर माया, ए होर माया’
कयौं युवतीहरूले उल्लेखित पंक्तिमा लिप्सिङ दिँदै भिडियो बनाएर टिकटकमा पोष्ट गरेका छन् । गीतमा ५ दिनमा १२ लाखभन्दा बढी टिकटक बनिसकेका छन् ।
गीतलाई स्रोता दर्शकले रुचाउने निर्माण टिमको अपेक्षा थियो । तर, यतिधेरै चर्चामा पाउँला भन्ने कल्पना नै नभएको गायक हिमाल सागर बताउँछन् । गीतलाई स्रोता दर्शकले रुचाएपछि उनले फेसबुकमा लेखेका छन्, ‘सोचेको थिएँ माया गर्नु हुन्छ भन्ने । तर, यति धेरै माया गर्नुहोला भन्ने कल्पना थिएन ।’
गीतकार एवं मोडल विमल अधिकारी पनि गीतले यति धेरै चर्चा पाउला भन्ने नसोँचेको बताउँछन् ।
‘गीतमा विश्वास थियो । त्यसैले रुचाउनुहोला भन्ने थियो’, अधिकारीले भने, ‘तर, यति छोटो समयमा यति धेरै चर्चामा आउँला भन्ने चाहिँ कल्पना नै थिएन ।’
एकपछि अर्को सफल म्युजिक भिडियो दिइरहेका मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन रहेको यस गीतको भिडियो लुम्बिनी, नवलपरासी र चितवनमा ३ दिन लगाएर छायाँकन गरिएको थियो । राजेश घिमिरेको छायाँकन, विकास ज्ञवालीको सम्पादन रहेको भिडियो भावना म्युजिक सोलुसनको युट्युब च्यानलमा हेर्न सकिन्छ ।
‘द भ्वाइस अफ नेपाल’ सिजन ४ विजेता बनेपछि गायक करण राईले पहिलो अफिसियल म्युजिक भिडियो ‘चङ्गा’ सार्वजनिक गरेका छन् । करणले आफ्नै युट्युब च्यानल ‘करण राई’ मार्फत &l...
अभिनेता जितु नेपालले ‘ह्यारी कि प्यारी’ चलचित्रलाई आफ्नो जीवनकै कोशेढुंगा भनेका छन् । चलचित्र प्रदर्शनको पूर्वसध्न्यामा बिहीवार बेलुका फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै उनले भने – &lsquo...
मिस नेपाल–२०२३ को आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना मिस नेपालको नयाँ संस्करणबारे जानकारी दिएको हो । सहभागी हुन इच्छुकले चैत १ गतेसम्म आवेदन दिन ...
प्रसिद्ध साहित्यकार विलियम सेक्सपियरद्वारा लिखित नाटक 'टुभेल्थ नाइट' काठमाडौंमा मञ्चन गरिएको छ। करिब १ घण्टा १० मिनेट लामो उक्त नाटक पाठशाला नेपालको प्रस्तुतिमा थापा गाउँस्थित पाठशाला स्कुलको थि...
गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘पियारी’ सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक गरिएको यो गीतमा समीक्षा र टेक बिसीले स्वर दिएका छन् । भिम बिसीको शब्द एवं संगीत रहेको यस गीतलाई विशा...
राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘नम्बरी सुन’को छायाँकन सुरु भएको छ । शुक्रवार ललितपुरको श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै चलचित्रको छायाँकन सुरु गरिएको हो । सुरुवातमा चलचित्र...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...