१० असार २०८३, बुधबार

युक्रेनले ड्रोन आक्रमण गरेपछि रुसको तेल डिपोमा आगलागी (भिडियो)

मंसिर १४, २०७९
युक्रेनले ड्रोन आक्रमण गरेपछि रुसको तेल डिपोमा आगलागी (भिडियो)

रुसको ब्रिआन्स्क क्षेत्रमा रहेको एक तेल डिपोमा बुधवार बिहान युक्रेनले ड्रोन आक्रमण गरेपछि त्यसमा भयानक आगलागी भएको छ । 

स्थानीय समयअनुसार बिहान ६ बजे हजारौं टन डिजेल भएका तीनवटा ट्यांकमा आगो लागेको थियो । 

रुसी सञ्चारमाध्यमका अनुसार, एउटा ड्रोनले इनधन राखेको ट्यांकमा विस्फोटक पदार्थ फ्याँकेको थियो । 

घटनामा कोही हताहत नभएको बताइएको छ । 

घटना भएलगत्तै खिचिएको भिडियोमा दुईवटा ट्यांकबाट आगो र धूवाँको मुश्लो निस्किएको देखिन्छ । विस्फोटका कारण ट्यांक भित्रपट्टि कुच्चिएको समेत पाइन्छ । 

युक्रेनले घटनाको जिम्मेवारी नलिएको भए पनि रुसको पश्चिमी सीमामा रहेका सैनिकलाई सामग्री आपूर्ति गर्ने स्थानमा उसैले आक्रमण गरेको विश्वास गरिएको छ । 

उत्तरी युक्रेनसँग जोडिने रुसका तीन क्षेत्र ब्रिआन्स्क, कुर्स्क र बेल्गोरोदमा युक्रेनले लगातार आक्रमण गर्ने गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्