०५ साउन २०८३, मंगलबार
मतगणना

स्याङ्जा–२ मा मतगणनाको तयारी, बोलाइयो सर्वदलीय बैठक

मंसिर १४, २०७९
स्याङ्जा–२ मा मतगणनाको तयारी, बोलाइयो सर्वदलीय बैठक

स्याङ्जा–२ मा मतगणनाको तयारी शुरू गरिएको छ । 

मतगणनाको लागि बुधबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको मतदान अधिकृत रामचन्द्र शर्माले जानकारी दिए । 

निर्वाचन आयोगले स्याङ्जा–२ मा स्थगित रहेको मतगणना शुरू गर्न निर्देशन दिएपछि मतगणनाको तयारी शुरू भएको हो ।

‘दिउँसो ४ बजेको लागि सर्वदलीय बैठक बोलाइएको छ । बैठकले निर्णय गरेअनुसार मतगणना शुरू हुन्छ’, शर्माले भने । 

स्याङ्जा–२ मा मंसिर ४ मा भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मत गणना अझै हुन सकेको थिएन । 

स्याङ्जा–२ का केही मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको आरोप एमालेले लगाएका कारण विवाद उत्पन्न भएको थियो । एमालेले केही मतदान केन्द्रमा पुनः मतदानको माग गरेको थियो । 

निर्वाचन आयोगले टोली पठाएर अध्ययन गरेपछि पुनः मतदान नहुने निर्णय गरेर मतगणना शुरू गर्न निर्देशन दिएको थियो । 

स्याङ्जा–२ मा नेकपा एमालेकोतर्फबाट पद्मा अर्याल र नेपाली कांग्रेसकी उपसभापति धनराज गुरूङ उम्मेदवार छन् । 

salt training

कमेन्ट गर्नुहोस्