
सप्तरीको सुरुङ्गा नगरपालिका आज मधेस प्रदेश र सप्तरीकै पहिलो बालविवाहमुक्त नगरपालिका घोषणा भएको छ । मधेस प्रदेशसमा बालविवाहविरुद्धको अभियान प्रभावकारी हुन नसकिरहेको परिप्रेक्ष्यमा सुरुङ्गा नगरपालिकाको सबै वडाले बालविवाहमुक्त वडा घोषणाको सूचक पूरा गरेसँगै बालविवाहमुक्त नगर घोषणा गरिएको हो ।
यो सप्तरीको मात्र नभई मधेस प्रदेशकै पहिलो बालविवाहमुक्त नगरपालिका रहेको नगर प्रमुख गीता चौधरीले बताइन् । वडालाई बालविवाहमुक्त घोषणा गर्न स्थानीयतहमा बाल अधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्यसम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बाल अधिकार समिति क्रियाशील रहेको थियो ।
सप्तरी क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री तेजुलाल चौधरीले आज एक समारोहबीच घोषणापत्र प्रस्तुत गर्दै सुरुङ्गा नगरपालिकालाई बालविवाहमुक्त नगर घोषणा गरे ।