
विवादका कारण मतगणनामा ढिलाइ भएको सुनसरीको ४ नम्बर निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा देखिएको छ ।
बिहीवार बिहानसम्मको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २५ मतले मात्रै अगाडि छन् ।
मतगणनामा मन्त्री कार्कीको अग्रता घट्दै गएको छ । मन्त्री कार्कीले २९ हजार ३१७ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगदिशप्रसद कुसियैतले २९ हजार २९२ मत पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादवले ३ हजार ११३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले ३ हजार ७६ मत पाएका छन् । मतगणना जारी छ ।