०५ साउन २०८३, मंगलबार

दोलखाका १० मतदात केन्द्रमा आज मतदान हुँदै

मंसिर १५, २०७९
दोलखाका १० मतदात केन्द्रमा आज मतदान हुँदै

दोलखाका १० वटा मतदान केन्द्रमा आज बिहीवार मतदान हुँदैछ ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार बिहीवार हुने निर्वाचनका लागि तयारी पूरा भएको र ४ वटा बुथमा करीब ८ हजार मतदाता रहेका छन् ।

आयोगको मंसिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी ७ वटा मतदान केन्द्रमा मंसिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।
        
आयोगले वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र भएको मतदानलाई पनि रद्द गरी पुनः मतदान गर्ने निर्णय गरी उक्त दिन पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशन समेत दिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्