१९ असार २०८३, शुक्रबार
मतगणना

समानुपातिकमा १ करोड २ लाख मतगणना हुँदा कसको कति मत ?

मंसिर १५, २०७९
समानुपातिकमा १ करोड २ लाख मतगणना हुँदा कसको कति मत ?

प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड २ लाख १३ हजार ५५४ मत गणना भएको छ । 

बिहीवार बिहानसम्मको मतगणनामा नेकपा एमालेले २७ लाख २६ हजार ३०३ मतका साथ अग्रता कायमै राखेको छ ।

नेपाली कांग्रेस २५ लाख ९३ हजार ७४२ मतसहित दोस्रो स्थानमा छ भने नेकपा माओवादी केन्द्रले ११ लाख ५४ हजार १९४ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ५ हजार ३७१ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार ७३९ मत पाएको छ । 

समानुपातिकमा जनता समाजवादी पार्टीले ४ लाख ११ हजार ८५६ मत र जनमत पार्टीले ३ लाख ८१ हजार २४४ मत पाएको छ ।

नेकपा एकीकृत समाजवादीले २ लाख ९२ हजार ८२ मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ७०५ मत र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६० हजार १०३ मत पाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्