
काठमाडौं, २८ साउन– अविरलको वर्षासँग आएको बाढीका कारण तराईका विभिन्न जिल्लामा ३० भन्दा बढीको ज्यान गएको छ ।
गृहमन्त्रालयका अनुसार १५ भन्दा बढी मानिसहरु हराइरहेका छन् ।
गृह मन्त्रालयका अनुसार बाढी र पहिरोमा परी मोरङमा ३, झापामा २, सुनसरीमा ७, पाँचथरमा ३, बारामा १, सर्लाहीमा १, बाँकेमा ४, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ जनाको ज्यान गएको छ ।








