०६ असार २०८३, शनिबार

लेनदेनमा बलात्कार ढाकछोप, जनप्रतिनिधिले नै गरे यस्तो हर्कत

कात्तिक २०, २०७४
लेनदेनमा बलात्कार ढाकछोप, जनप्रतिनिधिले नै गरे यस्तो हर्कत
भोजपुर, २९ साउन- भोजपुरको षडानन्द नगरपालिका, केउरानीपानीकी एक बालिकामाथि भएको बलात्कार घटना आर्थिक लेनदेनमा मिलाउने प्रयास गरिएको खबर कान्तिपुरमा छ । र, जनप्रतिनिधिले नै घटना ढाकछोप गर्न सघाएका छन् ।mahila

१२ बर्षीया बालिकामाथि भएको बलात्कार साता दिनपछि बाहिर आएको हो । साउन ९ गते घरनजिकै बाख्रा चराउन गएकी बालिकालाई दाजु साईनो पर्ने ३२ बर्षीय मेघराज श्रेष्ठले बलात्कार गरेका थिए ।

एक्कासी विरामी परेपछि खाँदवारी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा उनीमाथि बलात्कार भएको खुलेको हो ।

घटना  बाहिर आएपछि मेघराज र पीडित परिवारसहित जनप्रतिनिधिहरु दिङ्ला बजारमा बैठक बसे । टोलीले घटना गाउँमै मिलाउने गरी ६० हजार रुपैयाँ लेनदेन गराएको खुलेको छ ।
स्रोतका अनुसार छलफलमा षडानन्द नगरपालिकाका मेयर वीरलाल राई, उपमेयर मेरिका राई, ८ नम्बरका वडाध्यक्ष किशोर राई र ७ नम्बरका वडाध्यक्ष बुद्धसिंह राइको उपस्थिती थियो ।

salt training

कमेन्ट गर्नुहोस्