२३ असार २०८३, मंगलबार

पूर्व मन्त्री बाँस्कोटा निवासमा शंकास्पद वस्तु फेला, प्रहरी चेकजाँच गर्दै

मंसिर १८, २०७९
पूर्व मन्त्री बाँस्कोटा निवासमा शंकास्पद वस्तु फेला, प्रहरी चेकजाँच गर्दै

नेकपा एमालेका नेता तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा निवास भक्तपुरको लोकन्थलीमा बम जस्तो शंकास्पद वस्तु भेटिएको छ ।

बाँस्कोटाका सहयोगी नवराज ढकालले लोकन्थलीस्थित निवासमा प्रेसर कुकर जस्तो शंकास्पद वस्तु देखिएको जानकारी दिए । ‘प्रहरी आएर चेकजाँच गरिरहेको छ,’ उनले भने ।

बाँस्कोटा निवासमा शंकास्पद पोको देखिएकाले चेकजाँच भइरहेको भक्तपुर प्रहरीका डीएसपी राजु पाण्डेले बताए ।

पूर्वमन्त्री बाँस्कोटा भने गृहजिल्ला काभ्रेमा रहेका छन् । बाँस्कोटा हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक–२ बाट निर्वाचित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्