२८ जेठ २०८३, बिहीबार

बाजुराको प्रदेशसभा क्षेत्र (२) बाट कांग्रेसका शाही निर्वाचित

मंसिर १८, २०७९
बाजुराको प्रदेशसभा क्षेत्र (२) बाट कांग्रेसका शाही निर्वाचित

बाजुरा प्रदेशसभा (२) बाट नेपाली कांग्रेसका पदमबहादुर शाही २० हजार ११९ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापाले १७ हजार ५२१ मत ल्याएका छन् ।
 
मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरा नवनिर्वाचित प्रदेशसभा सदस्य शाहीले एमालेका उम्मेदवार थापालाई २ हजार ५९८ मतले पराजित गरेका हुन् । निर्वाचन क्षेत्रमा ५३ हजार ६२६ मतदाता संख्या रहेको छ । तीमध्ये ३८ हजार ७९५ मत खसेको थियो ।

कार्यालयले शनिवार बेलुकी प्रदेशसभा क्षेत्र (१) को मतपरिणाम सार्वजनिक गरिसकेको छ । प्रदेशसभा (१) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुमार शाहीले एमालेका उम्मेदवार बलदेव रेग्मीलाई पराजित गर्दै निर्वाचित भइसकेका छन् ।

प्रतिनिधिसभा सदस्यको मतगणना भने जारी रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्