०८ साउन २०८३, शुक्रबार

रुस र चीनबीचको व्यापारमा बढोत्तरी

मंसिर १८, २०७९
रुस र चीनबीचको व्यापारमा बढोत्तरी

रुस र चीनबीचको व्यापार सन् २०२२ मा बढिरहेको रुसका उपप्रधानमन्त्री दिमित्री चेर्नीशेन्कोले बताएका छन् । 

यस वर्षको पहिलो ९ महिनामा दुई देशबीच १२९ अर्ब डलर बराबरको कारोबार भएको उनको भनाइ छ ।

दुई देशका सरकारप्रमुखबीच भएको २६औं नियमित बैठकमा भिडियो लिंकमार्फत बोल्दै चेर्नीशेन्कोले पहिलो तीन त्रैमासिकमा अघिल्लो अवधिको भन्दा ३० प्रतिशत बढी कारोबार भएको बताए । 

दुई देशको साझेदारी विभिन्न क्षेत्रमा गतिमान बनेको अनि रुसले चीनसँग थप सम्बन्ध विकसित गर्नका लागि काम गर्न खोजेको पनि उनको कथन छ । 

सन् २०२१ मा मस्को र बेइजिङबीच १४६ अर्ब डलर बराबरको व्यापार भएको थियो भने सन् २०२२ मा त्यो २०० अर्ब डलर पुग्ने अपेक्षा रुसका लागि चीनका राजदूतले राखेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्