
बैतडीको पञ्चेश्वर गाउँपालिका– ४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार मायाको हत्या गरेको आरोप लागेका शिवनाथ गाउँपालिका– ४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेका हुन् ।
महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको प्रवक्ता जोशीले जानकारी दिए ।
२२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए ।