२१ असार २०८३, आइतबार

प्रदर्शनकारीसामु झुक्यो इरान सरकार

मंसिर १८, २०७९
प्रदर्शनकारीसामु झुक्यो इरान सरकार

इरान सरकारले दुई महिनाको विरोध प्रदर्शनपछि नैतिकता प्रहरी इकाइ भंग गरेको एएफपी समाचार संस्थाले खबर दिएको छ । 

देशमा महिलाहरूको परिधानका विषयमा रहेको कठोर नियम भंग गरेको आरोप लागेकी २२ वर्षीया माहसा अमिनीको मृत्युपछि देशैभरि विरोध प्रदर्शन चर्केको थियो । 

अमिनीलाई नैतिकता प्रहरीले हिरासतमा लिएर केरकार गर्दा उनको मृत्यु भएको हो । त्यसपछि इरानी महिलाहरूले हिजाब फ्याँक्ने अभियान चलाएका थिए । 

विरोध प्रदर्शनमाथि सरकारले गरेको दमनमा ४८८ जनाको मृत्यु भएको इरानी ह्युमन राइट्स नामक गैरसरकारी संस्थाले दाबी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्