×

NMB BANK
NIC ASIA

‘ए हो र माया यति रुचाइएला भन्ने कल्पनै थिएन’

गीत चल्नमा टिकटकले धेरै फाइदा पुर्‍यायो

मंसिर १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

केही दिनयता टिकटकमा एउटा गीत निकै ‘भाइरल’ छ । युट्युबमा हरेक दिन ४÷५ लाख भ्युज बढाइरहेको छ उक्त गीतले । प्रसंङ्ग हो, – ‘ए हो र माया’ को । 

Muktinath Bank

हिमाल सागर र अनु चौधरीको स्वरमा १० दिनअघि मात्रै रोमान्टिक भाव बोकेको यस गीत युट्युबमा सार्वजनिक गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त गीतको भिडियोले आइतवार बेलुकासम्म युट्युबमा ३१ लाख बढी भ्युज पाइसकेको छ । गीतमा २२ लाख बढी टिकटक बनिसकेका छन् । 


Advertisment
Nabil box
Kumari

गायक हिमाल सागरले गीतले टिकटकमा ‘रेकर्ड ब्रेक’ नै गरेको दाबी गर्छन् । ‘युट्युबमा एक दिनमै १० लाखसम्म भ्युज पाउने गीतहरू पनि थिए’ उनले भने, ‘तर, टिकटकमा यस गीतले रेकर्ड ब्रेक गरेको छ ।’ 

Vianet communication
Laxmi Bank

गायक सागर गीतले पाइरहेको माया कल्पनाभन्दा धेरै बढी रहेको बताउँछन् । आइरहेका भन्दा अलिअलि एक्ट्रा भएका कारण रेकर्डिङको समयमा आफूमा एक किसिमको ‘भाइब्स’ आएको उनी स्मरण गर्छन् । 

‘सबैले मेहनत गरेका थियौँ । गीतले दर्शक एवं स्रोताको मन जित्ला, उहाँहरूबाट राम्रै प्रतिक्रिया आउला भन्ने लागेको थियो’, उनी खुशी हुँदै सुनाउँछन् – ‘तर, यतिसम्म राम्रो प्रतिक्रिया आउला, यतिसम्म रुचाउनुहोला, ‘ब्लकबस्टर’ नै होला भन्ने चाहिँ सोचेकै थिइनँ ।’

शब्द, संगीत र स्वर

गायक हिमाल सागर गीत चल्नुको मुख्य कारण शब्द, संगीत, संगीत संयोजन र गायन रहेको बताउँछन् । ‘यी चारवटै कुराको कम्बिनेशन एकदमै राम्रो भइदियोजस्तो लाग्छ । जुन स्रोता एवं दर्शकलाई एकदमै युनिक लाग्यो’ उनले भने । 

गीतमा विमल अधिकारीको शब्द एवं संगीत छ भने कमल सौरागले यसको संगीत संयोजन गरेका हुन् । गीत चल्नुमा भिडियोको पनि उत्तिकै भूमिका रहेको गायक सागर बताउँछन् । उनले थपे, ‘भिडियोमा पनि एकदमै मेहनत भएको छ । दुई दिन लगाएर लुम्बिनीमा सुटिङ गरिएको छ । सोहीअनुसार क्वालिटी पनि देखिएको छ ।’ 

मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा विमल अधिकारी र सनिशा भट्टराई फिचर्ड छन् ।

संगीतको कुनै भाषा हुँदैन 

गायक हिमाल सागर यतिबेला सबैतिर आफ्नो गीतको चर्चा हुँदा दंगदास छन् । उनी गीतलाई लिएर आफूलाई बंगलादेश, बर्मालगायतका देशबाट समेत राम्रो–राम्रो म्यासेजहरू र कमेन्टहरू आएको बताउँछन् । 

‘बंगलादेशमा गीत बुझ्नुहुन्न, तर त्यहाँबाट कमेन्टहरू आएका छन् । गीत नबुझे पनि संगीत को त कुनै भाषा हुँदैन’, उनले खुशी शेयर गरे । 

टिकटकले धेरै फाइदा पुर्‍यायो

कुनै समय क्यासेट बिक्री, रेडियो–टेलिभिजनमा प्रशारण आदिबाट गीतको चर्चाको मापन गरिन्थ्यो । तर, नयाँ प्रविधिको विकाससँगै यतिबेला गीतको सफलताको मापन युट्युब र टिकटकका आधारमा गर्न थालिएको छ । गायक हिमाल सागर समयअनुसारको परिवर्तनलाई नकार्न नसकिने बताउँछन् । उनी आफूहरूको गीत ‘ए हो र माया’लाई टिकटकले निकै फाइदा पुर्‍याएको बताउँछन् ।

‘टिकटकमा सुनेर, हेरेर युट्युबमा गएर हेरिदिनेहरू धेरै हुनुहुन्छ’, उनले भने, ‘प्रमोशनका लागि टिकटकले एकदमै धेरै टेवा पुर्‍याएको छ । हाम्रो गीतले युट्युबमा यति राम्रो भ्युज पाउनुमा टिकटक प्रमुख कारण नै भनौँ ।’ युट्युबमा आएका कमेन्टहरू पढ्दा पनि टिकटकमा गीत सुनेर युट्युबमा हेर्न आउनेहरू धेरै हुने गरेको पुष्टि हुने उनको भनाइ छ । 

आधा दर्जन बढी गीत पाइपलाइनमा

वि.स.२०६० सालदेखि सांगीतिक क्षेत्रमा सक्रिय हिमाल सागरले ४ सय ५० भन्दा बढी गीतमा स्वर दिएका छन् । उनका ‘मेरी निशा’, ‘न मैले लेखेँ’, ‘मेरो माया मारेपछि’, ‘मेरो मनमा आगो आउने को ?’, ‘कल्लाई था छैन’ जस्ता दर्जनौं गीत हिट छन् । यतिबेला ‘ए हो र माया’ चर्चामा रहँदा उनी तत्काल भने अन्य गीतहरू नल्याउने बताउँछन् । 

‘यद्यपि, पाइपलाइनमा ७ वटा गीतहरू छन् । ति गीतहरू पनि एकदमै राम्रा–राम्रा छन्’, कुराकानीको बिट मार्दै उनले भने ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x