२९ जेठ २०८३, शुक्रबार

बास्कोटाले भने ‘ममाथि कसले हमला गर्छ म अचम्मित छु’

मंसिर १९, २०७९
बास्कोटाले भने ‘ममाथि कसले हमला गर्छ म अचम्मित छु’

नेकपा (एमाले) का नेता तथा काभ्रेपलाञ्चोक २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाले आफूमाथि पटक पटक हमला गर्न खोजेकाले सत्यतथ्य पत्ता लगाउन सरकारसँग आग्रह गरेका छन् ।  

भक्तपुरको मध्यपुरथिमी १ मा रहेको बास्कोटाको घरमा आइतबार शंकास्पद वस्तु फेला परेपछि अबेर राती उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै सो आग्रह गरेका हुन् । उनले लेखेका छन्, “मान्छेलाई मार्न सकिन्छ तर उसको विचार र उसलाई कहिल्यै हराउन सकिन्न ।”

पटक पटक आफूमाथि भएको यस्ता घटनाले आफू अचम्मित भएको भन्दै नेता बास्कोटाले सत्यतथ्य पत्ता लगाउने काम सरकारको भएका बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्