
दोलखाको प्रतिनिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३० मतको अग्रता कायम गरेका छन् ।
शिवाकोटीले ३३ हजार ९३९ मत पाउँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ३३ हजार ९०९ मत पाएका छन् ।
दोलखाको मतगणना रोचक देखिएको छ । कतिबेला माओवादी उम्मेदवार त कतिबेला एमाले उम्मेदवार अगाडि गइरहेका छन् । मतगणना जारी छ ।