माघ १९, २०७९
काठमाडौं– हामी सबै यही सोच्छौं कि कुनै पनि खाद्यपदार्थ फ्रिजमा राख्दा ताजा रहन्छ र बासी हुँदैन । तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ । हालै गरिएको एक अध्ययनका अनुसार...
मंसिर ४ गतेको चुनावको ५ दिनअघि काठमाडौंको एक होटलमा भेट्दा डा. क्याट्रिन रोल्पा जाने तयारीमा थिइन् ।
यसपालि पनि उनको उही काम थियो निःशुल्क स्वास्थ्य शिविर । हाडजोर्नी सम्बन्धी विशेषज्ञ ७४ वर्षीया उनी बर्सेनि नेपाल आउँछिन्, यहाँका कुनाकन्दरामा पुग्छिन्, स्वास्थ्य शिविर राख्छिन् र निःशुल्क उपचार दिन्छिन् ।
नेपाल कति पटक आउनुभयो ? उनको जवाफ थियो, ‘गन्ती गरेको छैन, खोइ थाहा छैन । त्यस्तै ४० पटकभन्दा बढी त भयो होला । यस वर्ष नेपाल आएको यो तेस्रो पटक हो । पछिल्लो समय बुवाको नेपाल चिनाउने काम, नेपालका दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क उपचार अनि समय भएमा पदयात्राका लागि नेपाल आइरहेकी छु ।’
४ वर्षकी हुँदा सन् १९५२ मा उनी नेपाल आएकी रहिछन् बुवासँग । ‘धेरै सम्झना छैन, ४ वर्षकी थिएँ । यति सम्झिन्छु कि त्यतिबेला नेपालमा विमानस्थल थिएन । कताकति मात्र शौचालय थिए । बडो कठिन थियो यहाँको यातायात र नेपालीको जीवनशैली पनि,’ उनले भनिन् ।
उनका बुवा अर्थात् टोनी हेगन । नेपाललाई संसारमा चिनाएको यो नामलाई सायद नेपालमा चिनाइरहनुपर्दैन होला । टोनी हेगेन सम्भवतः नेपालकै पहिलो पर्यटकका रूपमा सन् १९५० मा आएका थिए ।
नेपालमा विमानस्थल नभएकाले उनी कलकत्तासम्म जहाजमा आएर यहाँ आएका थिए । त्यसपछि आफूलाई नेपालको सौन्दर्यले तानेको कुरा उनले नेपाललाई भन्दा बाहिरको संसारलाई बढी सुनाएका छन् । प्रायः यहाँकै हिमाल, पहाड र खोल्सातिर भेटिने टोनीले औसत नेपालीले भन्दा धेरै नेपाल घुमेका छन् । उनलाई नेपालको पहिलो र सर्वाधिक पदयात्रा गरेको विदेशीभन्दा गल्ती हुँदैन ।
सन् १९५० मा स्वीस सहयोग परियोजनाका क्रममा नेपाल आएका उनी नेपालको भूगोल र सौन्दर्यसँग नेपालीभन्दा नजिक रहे । नेपालको करीब १४ हजार किलोमिटर पैदलैयात्रा गरेका उनले नेपालमा सम्भवतः सबै पर्यटकभन्दा बढी पैदलै हिँडेका छन् । नेपालको भौगोलिक अवस्था एवं हिमालयन क्षेत्रको जैविक विविधताका साथै नेपाली जीवनशैली, परम्परा एवं यहाँको जातीय विविधतालाई उनले नेपाल बाहिरसम्म पुर्याइदिएका छन् ।
नेपाली पर्यटन क्षेत्रले सम्मान गर्ने उनले तयार गरेको ‘नेपाल’ नामक पुस्तकले नेपालको भौगोलिक, पर्यटकीय र अनेक जीवनशैलीका बहुआयामिक पक्षलाई समेट्छ । उनले हाम्रो हिमाल र हिमाली पर्यटकीय विशेषताका साथै अनेक सांस्कृतिक पक्षलाई समेटेर तयार गरेका वृत्तचित्रले नेपाल बाहिर नेपाल चिनाउन निकै सघाएको छ । उनका यिनै योगदानका कारण नेपालले उनलाई नेपालको मानार्थ नागरिकता प्रदान गरेको थियो ।
आधा जति बुवाको नेपाल प्रेमलाई उजागर गर्न र आधा आफैंले स्वास्थ्योपचार उपलब्ध गराउन आफू नेपाल आउने गरेको क्याट्रिन हेगन बताउँछिन् । हाडजोर्नीकी सर्जन उनले स्वीट्जरल्याण्डमा खोलेको टोनी हेगेन फाउन्डेसनले नेपालमा मात्र काम गर्छ । ‘बुवाले माया गरेको र बुवालाई सम्मान गरेको देश नेपाल । मलाई वर्षमा १ पटक मात्र यहाँ आएर पुग्दैन, आइरहन मन लाग्छ,’ क्याटरिनले भनिन् । उनी नेपालका कैयौ जिल्लामा स्वास्थ्य शिविर राख्ने, असहाय तथा स्वास्थ्योपचारको पहुँचसम्म पुग्न नसक्ने दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क स्वस्थ्य सेवा उपलब्ध गराउने गर्छिन् ।
नेपालका लागि बुवाले गरेका कामलाई पूर्णता दिने आफ्नो काम ठान्छिन् डा. क्याट्रिन । ‘नेपालका बारेमा बुवाका धेरै अनुसन्धान छन्, तिनलाई अझै धेरै विस्तार गर्ने मेरो सोच छ । फाउन्डेसनबाट तिनलाई पूर्णता दिन्छु ।’ टोनीले नेपालमा खिचेका तस्वीरको प्रदर्शनी फाउन्डेसनले गत वर्ष नेपालमा गरेको थियो । ‘नेपालमा उनका कामकारबाहीलाई उजागर गर्न यतिले मात्र पुग्दैन भन्ने लाग्छ । उहाँका संग्रह अध्ययन गर्दा नेपालको पर्यटकीय विकासका लागि भाबी दिनमा धेरै सहयोग पुग्ने मलाई लाग्छ,’ उनी भन्छिन् ।
नेपाल चिनाउन अहिले कतैकतै प्रयोगमा आउने पुराना तस्वीर एवं दृश्यहरू प्रायः टोनीकै नेपाल पुस्तक एवं डकुमेन्ट्रीबाट लिइएको पाइन्छ । क्याट्रिन भन्छिन्, ‘महत्त्वपूर्ण तस्वीरहरू छन्, नेपालको हिमाली तथा अन्य क्षेत्रका । ग्ल्यासिएरहरू पग्लिँदै गरेका कैयौ महत्त्वपूर्ण तस्वीरहरू उहाँको एल्बममा छन्, तिनको अध्ययन मात्र पनि नेपालमा जलवायु परिवर्तनको विषयका अनुसन्धानदातालाई सहयोग पुग्छ भन्ने मलाई लाग्दछ । उ बेलाका कतिपय हिमाली टाकुरा, हिमनदी तथा हिमताल अहिले पग्लिएर अर्कै स्वरूपमा परिवर्तन आएको पनि हुनसक्छ । यसबाट हिमालयन जैविक विविधताको अध्ययनमा सहयोग पुग्न सक्छ । यस्तै पक्षहरुलाई उजागर गर्ने काम हामीले गरिरहेका छौं । उहाँले लिएका नेपालका विविध क्षेत्र र शैलीका तस्वीरहरूको प्रदर्शनी पनि नेपालमा गरेका थियौं । यसबाट पनि नेपालका अनुसन्धानदातालाई उहिलेको नेपाल अध्ययनमा सहयोग पुग्नसक्छ ।’
बुवाजस्तै उनले पनि नेपालका अधिकांश पदमात्रामा यात्रा गरेकी छन् । नेपालको हिमाल, पहाड र तराईकै ज्ञान छ उहाँलाई । ‘पदयात्रा भनेको हिँडाइ मात्र नभएर त्यस क्षेत्रको समग्र अध्ययन हो । कुनै पनि पदमार्गबाट हामी हिँड्यौं भने हामीले त्यस क्षेत्रको खेतीबाली, मानिसको जीवनशैली तथा त्यहाँको बस्ती र उनीहरूका परम्पराको पनि अध्ययन गर्नसक्छौं । साथै मानिसको खानपान र उहाँहरूका दिनचर्याको बारेमा अनुुसन्धान निकै चाखलाग्दो विषय हो । नेपालका विविध क्षेत्रको भ्रमणका क्रममा मलाई त यस्ता विषयको अनुसन्धान गर्न मनपर्छ,’ उनी भन्छिन् ।
टोनीलाई नेपाल बहुजाति, बहुधर्म र संस्कृति भएर पनि कसरी मिलेर बसेको भन्ने बारेमा आश्चर्य लाग्थ्यो रे ! बुवासँग आफूले नेपालका बारेमा धेरै सुनेको र जानेको बताउँदै उनले भनिन्, ‘नेपालको जातीय तथा भौगोलिक विविधताका बीचमा पनि नेपाली नागरिक एकआपसमा सहयोगी भावनाका साथ मिलेर बसेको पक्षको सधैं प्रशंसा गर्ने गर्नुहुन्थ्यो ।’
क्याट्रिन भन्छिन्, ‘त्यसैले मलाई पनि नेपालको यो पक्षको अध्ययन खुब मन पर्छ । म पदयात्रामा जाँदा होस् या स्वास्थ्य शिविरका क्रममा नेपालाका विभिन्न जिल्लामा जाँदा यस विषयमा जान्न मनपर्छ ।’
उनी चिकित्सक भएर होला, उनलाई अग्र्यानिक कृषि उत्पादन मन पर्छ । स्वीट्जरल्याण्ड आफ्नो घरमा पनि आफूले अग्र्यानिक तरकारी खेती गर्ने गरेको उनले बताइन् । अग्र्यानिक आलु उत्पादन फार्म रहेको उनी बताउँछिन् । समय मिल्यो कि आफूलाई खेतीको काम मनपर्ने बताउने उनले धेरै उत्पादनका लागि विश्वमै पछिल्लो समयमा प्रयोग गरिने विषादीका कारण विविध खालका रोगको प्रकोप बढेकाले मौलिक र अर्गानिक उत्पादनमा सबैले ध्यान दिनुपर्ने सुझाव दिइन् ।
नेपालका विभिन्न क्षेत्रमा पदयात्रामा जाँदा पनि उनले त्यस क्षेत्रका अग्र्यानिक उत्पादन किन्ने गर्छिन् । ‘पदयात्रा शारीरिक तन्दुरुस्ती, नयाँ ठाउँको परिचय र मनोञ्जन हो तर त्यतिमात्र होइन पदयात्रा । पदयात्राभित्र लुकेको मेरो एउटा उद्देश्य त्यहाँका अर्गानिक कृषिउपज खाने र आफूले किनेर पनि ल्याउने हो । ती उत्पादन मैले किनीदिन्छु र किसानलाई अग्र्यानिक खानाको महत्त्वका बारेमा पनि भनिदिन्छु । त्यसपछि म अर्काेपटक त्यही ठाउँमा पुग्दा त्यहाँ धेरै उत्पादन गरेको पाउँछु, त्यो देखेर निकै खुशी लाग्छ,’ क्याट्रिन भन्छिन् । – एकराज पाठक/रासस
काठमाडौं– हामी सबै यही सोच्छौं कि कुनै पनि खाद्यपदार्थ फ्रिजमा राख्दा ताजा रहन्छ र बासी हुँदैन । तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ । हालै गरिएको एक अध्ययनका अनुसार...
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। जनतामा ठूलो निराशा आउन सक्ने भन्दै उनले खरिद प्रक्रियामा पूर्ण शुद्धता कायम गर्न मातहतका...
जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिका अन्य पालिकाको तुलनामा सुगम मानिन्छ । सुगम पालिकामा आधा दशक अगाडिसम्म स्वास्थ्यको सहज पहुँच नहुँदा स्वास्थ्योपचारमा समस्या थियो । काठेखोलाका गाउँहरूबा...
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खोप अभियानमा शतप्रतिशत सफलता हासिल गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले आयोजना गरेको कोभिड–१९ खोप, निय...
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरूको बिक्री भइरहेको भन्दै नियममन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताएकी छन्। मंगलवार औषध...
म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामीको सङ्ख्या शून्यमा झरेको छ । दुई आर्थिक वर्षदेखि जिल्लामा कुष्ठरोगका नयाँ बिरामी पहिचान नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । सत्तरीऔँ विश्व कुष्ठरोग दिवसका अवसरमा आइतबार ब...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...